Fast Nepal News

रु रु जलविद्युतको सेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं, हालैमात्र साधारण शेयर निष्काशन गरेको रुरु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

आइतबार रुरु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धि सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुने समेत जनाईएको छ ।

Inside Article Ads

रुरु जलविद्युत परियोजनाका तर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नु भएको छ ।उक्त कार्यक्रम बीच रुरु जलविद्युत परियोजनाको केन्द्रिय कार्यालय हत्तिसार, काठमाडौंमा सम्पन्न भएको हो ।

रुरु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो ।यस परियोजनाले मार्च २०१५ देखि विद्युत उत्पादन गर्दै आइरहेको छ ।रुरु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.