
काठमाडौं – बैशाख ३
काठमाडौं, आज सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
