Fast Nepal News

माथिल्लो तामाकोसीः ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

banner single news

काठमाडौं – बैशाख ३

काठमाडौं, राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको छैन । व्यवस्थापनमा भएको लापर्बाही र ढिलासुस्तीका कारण आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको हो । पूर्णतय स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक समारोहमा निर्माणाधीन माथिल्लो तामाकोसी परियोजनामा अस्वाभाविक ढिलासुस्ती भइरहेको जनाउँदै अब ढिलासुस्ती भए नसहने चेतावनी दिएका छन् । ओलीले भने, ‘मैले एक वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । एक वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, तीन महिना अगाडि, एक महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’ अब यस्तो ढिलाइ सह्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस आयोजनालाई आफूले विशेष ध्यानमा राखेको बताउँदै भने ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘अपर तामाकोसीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडा गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

Inside Article Ads

नेपाली लगानीको बहुप्रतिक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलोे परियोजनाका रूपमा रहेको यो आयोजना २०६५ चैतमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमानमा तयार पारिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको प्रतिवेदनमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएकोमा हाल आएर आयोजनाको लागत पनि बढेको छ । यो आयोजनाको लागत ३५ अर्बबाट बढेर ब्याजबाहेक ५२ अर्ब पुगेको छ भने हालसम्मको ब्याज २४ अर्ब पुगेको आयोजनाले जनाएको छ ।

यसमा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । राजधानी दैनिकबाट

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.