Fast Nepal News

१० वर्षमा १ सय अर्ब डलरको अर्थतन्त्र, २२ लाख रोजगारी

banner single news

काठमाडौं – चैत २९

काठमाडौं, मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने तथा २२ लाख रोजगारी सृजना गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको १० वर्षे महत्त्वाकांक्षी योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक भएको छ ।

शनिवार महासंघको ५५औं वार्षिक साधारणसभामा उक्त भिजन पेपर सार्वजनिक गरिएको हो । महासंघले १० वर्षमा हाल ३४ अर्ब डलर मात्र रहेको नेपालको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने लक्ष्य लिएको छ । यसका लागि १ सय ५० अर्ब डलर लगानी आवश्यक हुनु महासंघको अनुमान छ । यसमा १ सय ८ अर्ब डलर निजीक्षेत्रले लगानी गर्नेछ ।

यसका लागि महासंघले १ सय ओटा योजना अघि सारेको छ । साना तथा घरेलु उद्योगको वृद्धि, पर्यटन व्यवसायको पुनरूत्थान, डिजिटल अर्थतन्त्र, स्टार्टअप तथा नवीनतम व्यवसायको प्रवर्द्धन, महिला उद्यमशीलता विकास परियोजना, ग्रामीण अर्थतन्त्र, लगानी प्रवर्द्धन, विप्रेषण उपयोग रणनीतिलगायत योजना महासंघले बनाएको छ ।

Inside Article Ads

यसैगरी, निर्यात वृद्धि रणनीति, शहरी विकास, कृषि, अप्टिकल फाइबर नेटवर्क, ऊर्जा, स्वदेश फर्किएका कामदारको अन्तग्र्रहण, रेल तथा पानीजहाज सञ्चालनलगायत मुख्य तथा ठूला योजनामा लगानी बढाउने रणनीतिका साथ महासंघले भिजन पेपर तयार पारेको हो ।

यसलगायत वातावरण संरक्षण ऐन २०७६, राजस्व चुहावट ऐन २०५२, मूल्य अभिवृद्धि कर २०५२, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ र बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ मा पनि व्यापक समस्या भएकाले यिनलाई सुधार गर्नुपर्ने महासंघले बताएको छ । आर्थिक अभियान दैनिकबाट

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.