
काठमाण्डौ, नेपाल बोटल वाटर उद्योग संघले नेपालीहरुको चाड नजिकिदै गर्दा बजारमा सिलबन्दी पानीमा देखिएका बिभिन्न पानीको मुल्य र पानीमा देखिएको गुणस्तरलाई बिभिन्न सामाजिक संजाल र संचारमा आएका गलत समचारहरुको खण्डन गर्दै पत्रकार सम्मेलन गरेको छ ।
उद्योगी, बिक्रेता, तथा उपभोक्ताहरुमा सचेत गर्ने उद्देश्यका साथै उद्योगीहरुको उद्योग बचाउ भन्दै गरिएको पत्रकार सम्मेलनमा आम उपभोक्तालाई स्वच्छ सफा पानी गुणस्तर सिलबन्दी जार तथा बोटलको पानी खुवाउनको लागि सम्पुर्ण पानी उद्योगीलाई पटक पटक क्षेत्रगत तालिम दिदैं आएको र मानविय नियतबश समय समयमा उद्योग ब्यवसायीलाई फसाउने उद्देश्यले गरेका क्रियाकलापले उद्योगीहरुले ठुलो सजाय भोग्नु परेको अबस्थालाई समेत प्रेस बक्त्तब्यमा उल्लेख गरेको छ । उपभोक्ताबाट पानीको खाली जारमा बिभिन्न प्रकारका अखाद्य सामानहरु जस्तै डिजेल, मट्टीतेल, जाँड रक्सी राख्ने, डिसपेन्सर सफा नगर्ने बर्षातको पानी भर्ने कार्यले गर्दा आईपर्ने समस्यालाई समेत उद्योगीले नै हेर्नु पर्नै भएकाले यस्ता कार्यमा उद्योगी जिम्मेवारी नहुने कुरा स्पष्ट पारेको छ । साथै सिलबन्द पानीको त्रुटीको हकमा भने उद्योगीले जिम्मेवारी लिनुपर्ने तर त्यहाँ पनि सिल खोलिएको बोटल हो कि हैन, पहिचान खुलेको लोगो, इम्बोसिंङग वा प्रिन्टेड जार, मुल्य खुलेको क्यु आर कोड स्टिकर, सफा राम्रो जार पानीको बोटल, ल्याब परिक्षणको कागजात हेर्नु पर्ने र तोकिएको भन्दा बढि मुल्यमा प्रभाव पर्ने गरि पानी बिक्रि वितरण गर्ने देखि सचेत रहि बिल/बिजक सहित पानी खरिद तथा बिक्री गर्न अनुरोध गरेको छ ।
साथै संघले बजारमा अन्य हरेक उपभोग्य बस्तुको मुल्यबृद्धी हुदा समेत उपभोक्ताले हाँसी हँसी मुल्य स्वीकार गरेको अबस्थामा उपभोक्तको घर र भान्छामा पानी पुर्याउने कार्यमा ढुवानी भाडा जोड्दा पनि पहाड खसै झै गरेको र वाटर बोटल संघले भने २०७७ सालमा सिफारिस गरिएको मुल्यलाई यथावत राखि उपत्यका बाहिर र उपत्यका भित्र दुई भागमा बिभाजन गरि उद्योग मुल्य, ढुवानीकर्ता मुल्य, डिष्टिव्युटर मुल्य, र उपभोक्ता मुल्यको समेत लिष्ट सार्वाजनिक गरेको छ । उपत्यकाको हकमा जारको उद्योग मुल्य रु १८, ढुवानीकर्ता मुल्य रु ३५ , डिष्टिव्युटर मुल्य ४५/४७ तोकेको छ भने बोटलको हकमा उद्योग मुल्य ११०, ढुवानीकर्ता मुल्य १३०, डिष्टिव्युटर मुल्य १४० र खुद्रा मुल्य रु १६ रहेको र उपत्यका बाहिरको हकमा भने जारमा उपभोक्ता मुल्य रु ६० र बोटलको उपभोक्ता मुल्य रु २० रहेको नेपाल बोटल वाटर उद्योग संघले जनकारी गराएको छ ।