Fast Nepal News

मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट

banner single news

साताको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा झरेको छ ।

मंगलबार ३१२ कम्पनीका ३९ हजार ४ सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ रहेको छ ।

Inside Article Ads

त्यस्तै, मंगलबार क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २६ अंकले घटेर ३५३ दशमलव ५१ को विन्दुमा पुगेको छ ।
मंगलबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चर कम्पनीहरूको भएको छ ।

 

 

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.