Fast Nepal News

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से २८.४० अंकले घटेर दुई हजार १९.८५ बिन्दुमा झरेर कारोबार बन्द

banner single news

२३ श्रावण,काठमाडौं-आज मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २८.४० अंकले घटेर दुई हजार १९.८५ बिन्दुमा झरेर कारोबार बन्द भएको छ। आज १९८ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको मूल्य मात्रै बढेको छ।

आज नेप्सेका सबै उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूह सबैभन्दा धेरै २.७० प्रतिशतले घट्दा फाइनान्स २.६९ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंक १।०३ प्रतिशत, विकास बैंक १.७३, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.७४, जीवन बिमा १.७५ प्रतिशतले घटेको छ।

मंगलबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, नेपाल रिपब्लिक मिडिया ९.९७ प्रतिशतले बढ्दा गोर्खा फाइनान्स ८.२४ प्रतिशत र विजय लघुवित्त वित्तिय संस्था ६.९९ प्रतिशतले घटेको छ।

Inside Article Ads

आज ४८ लाख ६० हजार कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। सोमबार दुई अर्ब ३३ करोड ३५ लाख बराबरको कारोबार भएको थियो।

Visited 133 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.