
१३ पुष,विराटनगर — नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएपछि बैंकको चर्को ब्याजदरको विरोधमा आन्दोलनरत सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी आन्दोलन रोकेर काठमाडौं पुगेका छन् ।
वार्ता गर्न बोलाइएकाले आन्दोलन रोकिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जनाए । उक्त संघ, उद्योग संगठन र उद्योग परिसंघसहित तीन दर्जनभन्दा बढी वस्तुगत संघसंस्थाका प्रतिनिधिले चर्को व्याजदरका विरोधमा बिहीबारदेखि विराटनगरस्थित राष्ट्र बैंक शाखामा धर्ना दिँदै आएका थिए ।
वार्ताका लागि विराटनगरबाट ६ उद्योगी व्यवसायी मंगलबार काठमाडौं पुगेको र भैरहवा, बुटवल, नेपालगञ्जका उद्योगी व्यवसायी पनि सहभागी हुने रिजालले बताए ।
समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
Visited 8 times, 1 visit(s) today
