Fast Nepal News

बढ्यो सुनको मूल्य

banner single news

काठमाडौं ─ १९ जेठ २०७९

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १०० छ ।

Inside Article Ads

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.