काठमाडौँ — २१ असोज २०७८
काठमाडौँ , सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६८ अंकले बढेको छ । अघिल्लो दिन करिब ४२ अंकले बढेको नेप्से बुधबारको वृद्धिसँगै २ हजार ६ सय ८१ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.६ प्रतिशतले बढेको हो । बुधबार कारोबार रकममा पनि सुधार आएको छ । कुल ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको थियो । सेयर बजारको आकार कुल बजार पुँजीकरण ३७ खर्ब ५३ अर्ब कायम भएको छ । अघिल्लो दिन कुल बजार पुँजीकरण ३६ खर्ब ५७ अर्ब रुपैयाँ थियो ।