Fast Nepal News

डन्डीको मूल्य ४ रुपैयाँ घटाउन निर्देशन

banner single news

काठमाडौँ — १७ असोज २०७८

काठमाडौँ , नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्यमा प्रतिकिलो ४ रुपैयाँ घटाएर बेच्न उद्योगीहरूलाई निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी मूल्य घटाउन निर्देशन दिएको अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।  सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको संघको भनाइ छ ।

फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेशबाट बिलेट ल्याएर डन्डी उत्पादन गर्दै आएका उद्योगहरू भने सरकारको निर्णयको विरोधमा छन् । फलाम र स्टिलजन्य वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ बिलेट र स्पन्ज आइरनमा अन्तःशुल्क बढेपछि उद्योगहरूले प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढाएका थिए । त्यस्तै संख्यामा बेचिने जस्तापातालगायत सामग्रीमा प्रतिगोटा ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.