Fast Nepal News

एक महिनामै ३ अर्ब ६५ करोडको भटमास र पाम निर्यात

banner single news

विराटनगर — २२ भाद्र २०७८

विराटनगर , भारतले पाम आयल फुकुवा गरेपछि विराटनगर भन्सार नाकाबाट निर्यात सुरु भएको छ । साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल र ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए । साउनमा ८२ करोड १६ लाखको ४३ लाख २३ हजार लिटर पाम आयल निर्यात भएको हो । भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा खुला गरेको थियो । जोगबनी नाकाबाट २०७५/७६ मा ४ अर्ब ५० करोड ३४ लाख रुपैयाँको ४१ हजार ३ सय ५७ टन पाम आयल भारत निर्यात भएको थियो । सोही आर्थिक वर्षको साउनमा २ अर्ब ८३ करोड ३८ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ ।

सोही महिनामा भने ८० करोड १० लाख मूल्यको ६० लाख ४३ हजार लिटर पाम तेलको कच्चा पदार्थ आयात भएको छ । चालु अर्थिक वर्षमा २ अर्ब ७४ करोड ६२ लाख रुपैयाँको १ करोड ७१ लाख ४० हजार लिटर भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । पाम र भटमास तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधित तेल निकासी हुन्छ । २०७५/७६ मा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब २६ करोड ६३ लाख रुपैयाँको भटमास तेल निर्यात भएको तथ्यांक छ । २०७७/७८ मा १५ अर्ब ६७ करोड ३१ लाखको तेल निर्यात भएको थियो । नेपालका उद्योगीले साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा सूर्यमुखी, भटमास र पाम तेल निर्यात गरिरहेका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.