
काठमाडौँ/काँकडभिट्टा — ८ भाद्र २०७८
काठमाडौँ/काँकडभिट्टा, पछिल्लो समय सिमेन्ट उत्पादन बढिरहे पनि यसको माग भने घटेको उद्योगीहरूले बताएका छन् । कोभिडका कारण सिमेन्टको माग १० प्रतिशत घटेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाको भनाइ छ । ‘कोभिडका कारण विकासका काम हुन सकेनन् । त्यसमाथि यसपालि बर्खा धेरै भयो,’ उनले भने, ‘अहिले सिमेन्ट उत्पादकहरूको अवस्था राम्रो छैन । दुई वर्षभन्दा अगाडिको तुलनामा वार्षिक १० प्रतिशत माग घटिरहेको छ ।’ भूकम्पपछि सिमेन्टको राम्रो बजार थियो । त्यसरी नै १५/२० प्रतिशत बजार बढ्छ भनेर उद्योगीहरूले उत्पादन बढाए । तर झन् घटेको उनले बताए ।
अन्य कोइला भुटान, चीन, भारत, इन्डोनेसिया, साउथ अफ्रिका, युनाइटेड अरब इमिरेट्स र अमेरिकाबाट आयात हुने गरेको छ । बिटुमिन कोइला चीन र भारतबाट आउने गरेको छ । विभागले आयातित बिटुमिन र अन्य कोइलाबाट आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ३७ करोड ७३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै २०७४/७५ मा ३ अर्ब ४४ करोड १५ लाख १३ हजार, २०७५/७६ मा ४ अर्ब ८९ करोढ ९९ लाख ९३ हजार र २०७६/७७ मा ३ अर्ब ५९ करोड ९ लाख २० हजार विभागले राजस्व संकलन गरेको छ । २०७७/७८ मा ४ अर्ब ८१ करोड ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यहाँको सिमेन्ट उद्योगले ओपीसी, पीपीसी र पीएसी गरि तीन प्रकारका सिमेन्ट उत्पादन गरिरहेका छन् । ओपीसीमा ३३, ४३ र ५३ ग्रेडका सिमेन्ट उत्पादन भइरहेको उनले जानकारी दिए ।
करिब चार वर्षअघि पूर्वोत्तर भारतको मेघालय र असमबाट पत्थर कोइला आयात हुन्थ्यो । पर्यावरणीय कारण देखाउँदै भारतले उत्खनन र निर्यातमा रोक लगाएपछि नेपाली आयातकर्ताले अमेरिका, दक्षिण अफ्रिका र इन्डोनेसियाबाट कोइला भित्र्याइरहेका छन् । आयातकर्ताले धुलो खालको कोइला भने भुटानबाट पनि ल्याइरहेका छन् । विगतमा पूर्वोत्तर भारतको असम र मेघालयवाट अत्यधिक कोइला आयात गर्ने व्यवसायीले अहिले डलर खर्चिएर तेस्रो देशबाट कोइला भित्र्याइरहेका छन् । मूलतः नेपाली सिमेन्ट उद्योगले इन्डोनेसियाली र अफ्रिकी कोइला प्रयोग गरिरहेका छन् । इँटा उद्योगहरूले भने अमेरिकी र भुटानी धूले कोइला बढी प्रयोग गर्ने गरेको पाइएको छ ।गुणस्तरका हिसाबले समुद्रपारको कोइला राम्रो मानिन्छ । तर मूल्यका हिसाबले भारतीय कोइला सस्तो पर्न जान्छ । भारतीय कोइला प्रतिटन दुई हजार सस्तो पर्छ । गत वर्ष प्रतिटन ९५ डलरमा आयात भएको अमेरिकी कोइला अहिले डेढ सय डलर पुगेको छ ।
(कान्तिपुर दैनिक)
