Fast Nepal News

उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरको कार्यसमिति गठन

banner single news

काठमाडौं- नेपाल महिला चेम्बर कार्य समिति गठन भएको छ । नेपाल चेम्बर अफ कमर्शकी कार्य समिति उपाध्यक्ष उर्मिला श्रेष्ठ अध्यक्ष रहेको नेपाल महिला चेम्बरको नव गठित कार्य समितिमा महासचिव तर्फ लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमश अन्जना ताम्राकार, सान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार,सोफी उपाध्याय तथा सदस्यहरुमा क्रमस: राजलक्ष्मी सिंह,जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवि पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।

नेपाल महिला चेम्बरको नवगठित समितिका पदाधिकारी, सल्लाहकार एवम् सदस्यहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुधबार मनोनयन पत्र प्रदान गरेका छन् ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर्ने बताए ।

Inside Article Ads

नव गठित समितिमा महिलाहरुको आर्थिक सशक्तीकरण अभियानमा अनुभव हासिल गरेका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व भएकोले नेपाल महिला चेम्बरको रचनात्मक कार्यमा योगदान प्राप्त हुने अपेक्षा राख्दै अध्यक्ष मल्लले कार्यकालको सफलताको कामना गरे ।

आज आयोजित मनोनयनपत्र वितरण कार्यक्रममा चेम्बर अफ कमर्शकी कार्य समिति उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ समेत उपस्थिती रहेको थियो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.