Fast Nepal News

उच्च बिन्दुमा नेप्से

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ, सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३८.२८ अंकले बढेर ३ हजार २ सय बिन्दुनजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.२१ प्रतिशतले बढेको हो । बुधबारको नेप्से हालसम्मकै उच्च हो ।पछिल्ला केही कारोबार दिनयता नेप्सेले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । \

सोही क्रममा बुधबार ३ हजार २ सयनजिक पुगेको हो । यस दिन ३ हजार १ सय ७२.३० बिन्दुदेखि कारोबार सुरु भएकोमा ३ हजार २ सय २०.१३ विन्दुसम्म पुगेको थियो ।नेप्से बढेपछि कुल बजार पुँजीकरण पनि ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । मंगलबार कुल बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब रुपैयाँ थियो ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.