Fast Nepal News

विराट महायज्ञको छैठौं दिन; राप्रपा अध्यक्ष लिङ्देनले भने वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्न सिंहदरबार पनि घेर्छौं

banner single news


डायमण्ड जोशी ।
भाद्र ३०, काठमाडौं

ऐतिहासिक श्रीमद्भागवत महापुराण विराट् महायज्ञको भदौ ३० गते आउइतबार छैठौँ दिन सम्पन्न भएको छ । यसअघिल्ला दिन झैं आइतबार पनि सन्तजनहरूको प्रवचनबाट कार्यक्रम आरम्भ भयो ।

आइतबार प्रमुख अतिथिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यक्रमको शोभा बढाएका थिए । साथै छैठौं आइतबार विशेष अतिथिका रूपमा बागमति प्रदेश सभा सभामुख भुवन पाठक, प्रदेश मन्त्री उद्धव थापा, राप्रपा सह–महामन्त्री धनबहादुर बुढा र लुम्बिनी प्रदेश सांसद् निर्मला क्षेत्रीको सहभागीता रहेको थियो । यसका साथै विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित, उद्योगपतिको समेत आगमन भएको विश्व विराट ज्ञान आश्रम सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले बताए ।

वैदिक सनातन धर्मको रक्षार्थ सप्ताहव्यापी रूपमा सञ्चालन भइरहेको विराट यज्ञले विराट गुरुकुल एवं शास्त्र अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लक्ष राखिरहेको छ ।

विश्व विराट आश्रमले कलङ्कीको गोरक्षपीठ वासुकीचौरमा सञ्चालन गरिरहेको महायज्ञले एक करोड गीतादान महाअभियानको मूलमन्त्र बनाएको छ ।
महायज्ञ हुनुभन्दा एक वर्ष अगाडिदेखि नै उक्त समितिले दस लाखभन्दा धेरै गीतादान गरिसकेको पं.वेदप्रसाद पन्थले बताएका छन् । पं.पन्थ विद्वान लेखक एवं धार्मिक पुस्तकका सम्पादक हुन् । उनले नेपालको प्रतिष्ठित धार्मिक पुस्तक प्रकाशन उषा पुस्तक गृहबाट १८ पुराण एवं महाभारत, रामायण प्रकाशन गरिसकेका छन् भने अध्यात्म रामायण र वेद प्रकाशनको क्रममा रहेको उनले बताए ।

Inside Article Ads

आइतबार पनि विभिन्न दानदाताहरूबाट आश्रमका लागि तथा आश्रमबाट सञ्चालित एक करोड गीतादान महाअभियानमा भक्तजनहरू स्वस्फूर्त रूपमा सहभागी भएको आश्रमका प्रमुख शालिकराम उपाध्याय घिमिरेले बताए ।

भागवत कथाका बीचमा स्कुलका विद्यार्थीहरुबाट विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएका थिए । यससँगै विद्यार्थीहरुबाट आश्रमका लागि तयार गरिएको भजनरुपी गानमा विशेष नृत्य देखाइएको नेपालकै कान्छी कथावाचिका अभियान घिमिरेले बताइन् । कार्यक्रममा देश तथा विदेशबाट साधु, सन्तहरुको उल्लेखनीय उपस्थिति रहने क्रम जारी नै छ । राष्ट्रियस्तरका व्यक्तित्व लगायत विभिन्न क्षेत्रका कलाकारहरु पनि यज्ञमा सहभागी भएर सङ्गीताय कथावाचनलाई मधुर बनाइरहेका छन् । यो शोभामय महायज्ञ भदौ ३१ सोमबार सम्म सञ्चालन हुने जनाइएको छ ।

Visited 83 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.