Fast Nepal News

एककरोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरु

banner single news


डायमण्ड जोशी,
२५ भाद्र, काठमाडौं

आज मङ्गलबारदेखि विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सुरु गरेको छ । भाद्र २४ गते सोमबार उद्घाटन भएको सप्ताहव्यापी महायज्ञ ३१ गतेसम्म चल्ने विश्वविराट आश्रमका सङ्गठनप्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए ।

विराट महायज्ञका प्रमुख कथावाचक दिनबन्धु पोखरेलले एक करोड गीता दान गर्ने तथा ज्ञानाश्रम निर्माण गर्ने पवित्र उद्देश्य सहित महायज्ञ सञ्चालन भइरहेको बताएका छन् । महायज्ञमा भक्तजनहरूलाई उनले निमन्त्रण समेत गरेका छन् ।

वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिर कलङ्की काठमाडौंको प्राङ्गणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन भइरहेको प्रमुख घिमिरेले बताए ।

महायज्ञमा प्रमुख वाचकका रूपमा विश्वविख्यात कथावाचक वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् भने पण्डित विपिनकृष्ण भट्टराईले श्रीमद्भागवत महापुराण पारायण गरिरहेका छन् ।

महायज्ञको पहिलो दिन कलश यात्रा निकाली तीन किलोमिटर चक्रपथ परिक्रमा सहित महायज्ञको शुभारम्भ गरिएको घिमिरेको भनाइ छ । 

Inside Article Ads

वैदिक सनातन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने हेतुले विराट गुरुकुल स्थापनार्थ महायज्ञले राम्रो सहयोग पुर्‍याउने प्रमुख घिमिरेले बताए ।

यस् अनुष्ठानका माध्यमबाट शास्त्र अध्ययन र आध्यात्मिक अनुसन्धान एवं महायज्ञले समस्त लोककल्याणका लागि बिगुल फुक्ने र भक्तजनहरूलाई प्रेरणा दिने आँकलन गर्न थालिएको छ ।

महायज्ञमा भारतबाट समेत विशिष्ट सन्तजनहरूको आगमन जारी छ । डायमण्ड जोशीसँग कुरा गर्दै सङ्गठन प्रमुख घिमिरेले नेपाल पुरातनकालदेखि नै सभ्यता र वैदिक ऋषिमुनीहरूको तपस्थल भएको र विभिन्न कालखण्डमा वैदिक सनातन धर्मको रक्षार्थ समस्त धर्मानुरागी सज्जनवृन्दहरू एवं सन्तजनहरूको योगदान रहेको बताए ।

धर्मको मर्म उजागरका लागि विभिन्न कालखण्डमा समेत महायज्ञ सञ्चालन हुँदै आएको घिमिरेले स्मरण गरे । विशेष अनुष्ठानका माध्यम मार्फत ज्ञानको उजागरका लागि पनि महायज्ञ सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

Visited 56 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.