
प्रकाश कपाली। काठमाडौं अघिल्ला दिनहरूमा उपत्यकाका काठमाडौँ भक्तपुर र ललितपुर जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको थियो । कोरोना संक्रमण फैलिदै जाँदा आम जनमानसमा विभिन्न त्रास फैलिएको थियो । तर अहिले उपत्यकामा रहेको जिल्लाहरुमा कोरोना संक्रमित संख्या घट्दै गएको नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १६,१५९ रहेको छ भने निको भएको व्यक्तिको संख्या १७,८६६२ र मृत्यु हुनेको संख्या १,६७६ गरी जम्मा संक्रमितको संख्या १९,३५०७ रहेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुसार भक्तपुर जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३,७६७ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या १६,५९४ र मृत्यु हुनेको संख्या ३३४ गरी जम्मा संक्रमितको संख्या २०,६९५ रहेको छ। नेपाल सरकार स्वास्थ मन्त्रालयको अनुसार सक्रिय संक्रमितको संख्या ५,११८ निको हुने व्यक्तिको सङ्ख्या २९,०६६ र मृत्यु हुने व्यक्तिको सङ्ख्या ४७५ गरी जम्मा संक्रमितको संख्या ३४,६५९ रहेको छ। उपत्यकाका क्षेत्रहरुमा कोरोना संक्रमितको सङ्ख्या घट्दै जानु सबैकालागि खुशीको खबर हो। कोरोना संक्रमणको जोखिम घट्यो भनेर ढुक्क नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ। स्वास्थका मापदण्ड अपनाउँदै सावधानी भई संक्रमणबिरुद्ध एकजुट भई लड्न सबैलाई आग्रह गरेको छ।
