Fast Nepal News

उपत्यकामा निषेधाज्ञा लम्बियो

काठमाडौँ , भक्तपुर, ललितपुर जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरूको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।

banner single news

प्रकाश कपाली। काठमाडौ विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको र यसको जोखिम उपत्यकामा कायमै रहेकाले कोरोना भाइरसको जोखिम लाई मध्यनजर गर्दै उपत्यकाका काठमाडौँ , भक्तपुर, ललितपुर जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरूको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।
निषेधाज्ञा लम्ब्याएपनि केही मात्रामा खुकुलो गर्ने निर्णय गरेको छ। विकास निर्माणका कार्यहरु संचालन गर्ने र ९ बजेसम्म खाद्यान्न , डिपार्टमेन्ट स्टोर, पुस्तक पसल खोल्न दिने जिल्ला प्रशासन कार्यालयको बैठकले निर्णय गरेको छ । यसरी निषेधाज्ञा लाई खुकुलो पारि लम्ब्याउने बैठकले निर्णय गरेको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण केहीमात्रामा नियन्त्रण भएको आँकलन गरेपनि कोरोना भाइरसको जोखिमले उपत्यकाका जिल्लाहरुलाई भयावह बनाएको छ। उपत्यकामा हालै सम्म कोरोनाको जोखिम कायमै छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १४,०८७ रहेको छ भने निको हुनेको संख्या १७,४५३० र मृत्यु हुनेको संख्या १६,४० गरी जम्मा कोरोना संक्रमितको संख्या १९,०२५७ रहेको छ। भक्तपुर जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४,३२४ र निको हुने व्यक्तिको सङ्ख्या १५,६५३ र मृत्यु हुनेको संख्या ३२८ गरी जम्मा कोरोना संक्रमितको संख्या २०,३०५ रहेको छ। ललितपुर जिल्लामा ६,२३५ र निको हुने व्यक्तिको सङ्ख्या २७,२३७ र मृत्यु हुनेको संख्या ४४९ गरी जम्मा कोरोना संक्रमितको संख्या ३३,९२१ रहेको छ। हालसम्म काठमाडौंमा ९३९ कोरोना संक्रमित थपिएका छन् भने भक्तपुरमा १८१ कोरोना संक्रमित थपिएका छन्। ललितपुरमा ३०६ जना कोरोना संक्रमित थपिएका छन्। कोरोना जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो भएपनि अत्यावश्यक कामबाहेक अन्य काममा बाहिर हिँड्डुल नगर्न काठमाडौ जिल्ला प्रशासन कार्यालयले सबैमा अपिल गरेको छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो भएपनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कि आवश्यक परेमा स्वास्थ्य मापदण्ड अपनाई समाजिक दूरी कायम गरि आफ्नो स्वास्थ्य र समुदायमा कोराना संक्रमणको जोखिम न्यूनीकरण गर्ने विषयतर्फ सबैको ध्यान दिन अति नै आवश्यक छ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.