Fast Nepal News

उपत्यकामा कोरोना संक्रमणको जोखिम घटेन

banner single news

प्रकास कपाली
काठमाडौं । जेठ १५
उपत्यकाका अधिकांश क्षेत्रहरु कोराना संक्रमणको जोखिम कायमै रहेको अवस्था छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनुसार हाल सक्रिय काेरोना संक्रमितको संख्या १५,९३०, कोरोनाबाट निको हुने व्यक्तिको सङ्ख्या १६,९०२० र मृत्यु हुनेको संख्या १५,८४ गरी जम्मा १८,६५३४ पुगेको छ। यसैगरी भक्तपुर जिल्लामा हाल सक्रिय काेरोना संक्रमितको संख्या ४५,८० र निको हुने व्यक्तिको सङ्ख्या १४,७७९ रहेको छ भने मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१६ गरी जम्मा १९,६७५ पुगेको छ। यसैगरी ललितपुर जिल्लामा हालको कोरोना सक्रिय संक्रमितको संख्या ६५,७० रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या २५,९११ र मृत्यु हुने व्यक्तिको सङ्ख्या ४२३ गरी जम्मा ३२,९०४ पुगेको छ। हालसम्म उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै जानुले अहिलेसम्म उपत्यकामा कोरोनाको जोखिम कायमै रहेको छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.