Fast Nepal News

काठमाडौँ महानगरपालिका १७ वडामा कोभिड अाईसोलेसन सेन्टरको उद्घाटन

banner single news

प्रकास कपाली। काठमाडौँ महानगरपालिका वडा नं १७ ढल्कोमा कोभिड अाईसोलेसन सेन्टरको उद्घाटन गरिएको छ।FNCCI सँग का.म.पा १७ वडाले सहकार्य गर्दै ‌३० बेड‌को कोभिड अाईसोलेसन सेन्टरको निर्माण गरेको छ।

FNCCI का अध्यक्ष शेखर गोल्छा‌ र नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्व उप‌ प्रधानमन्त्री ‌ प्रकाशमान सिंह द्वारा संयुक्त रुपमा कोभिड अाईसोलेसन सेन्टरको उद्घाटन गर्नुभएको थियो। अस्पतालमा बेडको अभाव भएको १७ वडामा कोभिड बाट संक्रमितको संख्या अत्यधिक मात्रामा बढ्दै गएकाले बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यले FNCCI को सहकार्यमा कोभिड अाईसोलेसन सेन्टर १७ वडाले सञ्चालन गर्ने उद्देश्यले अाईसोलेसन सेन्टर‌ तयार गरेको १७ वडा अध्यक्ष नवीन मानन्धरले बताउनुभयो।

Inside Article Ads

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.