Fast Nepal News

चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’

banner single news

काठमाडौं, वैशाख ३०

काठमाडौं, चन्द्रागिरि नगरपालिका एक साता ‘सिल’ गरिने भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ७ बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार औषधि पसल र अस्पतालबाहेक अन्य सेवा सबै बन्द हुनेछन् । ‘‘एक सातासम्म तरकारी पसल पनि खोल्न दिइने छैन,” प्रवक्ता महर्जनले भने ।

Inside Article Ads

नगरपालिकाको सूचनामा भनिएको छ, ‘‘सबै खाद्यान्न पसल, फलफूल तथा तरकारी पसल, मासु पसल, नगरपालिकाका सबै वडा कार्यालयहरु, नगरमा सञ्चालित योजनाहरु, सबैखाले बंैक, वित्तीय संस्थाहरु, निजी कार्यालयका सबै सेवा पूर्ण रुपमा बन्द गरिनेछ ।”

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.