Fast Nepal News

कोरोनाभाइरस संक्रमणका कारण वर्ल्डलिंकका संस्थापक जलानको मृत्यु

banner single news

काठमाडौं, वैशाख ३०

काठमाडौं, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

भाइरस संक्रमण पुष्टि भएपछि ४६ वर्षिय जलान ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत थिए । आज बिहान ८ बजे उनको मृत्यु भएको हो ।

Inside Article Ads

अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उनको उपचार हुँदै थियो । उनी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका संस्थापक सदस्य थिए । अध्यक्ष दिलिप अग्रवाल, स्वर्गिय जलान र अर्का संस्थापक सदस्य मनोज अग्रवाल मिलेर वर्ल्डलिंकको स्थापना गरेका थिए ।महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका स्वर्गिय जलानको श्रीमती र एक छोरा छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.