Fast Nepal News

हाम्रो डक्टरले सुरु गर्‍यो निःशुल्क कोभिड परामर्श सेवा

banner single news

काठमाडौं, वैशाख २९

काठमाडौं, अनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरुअनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरुअनलाइन प्लेटफर्म ‘हाम्रो डक्टर’ले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ । वेबसाइट तथा मोबाइल एपबाट अनलाइन स्वास्थ्य हेरचाहको सुविधा दिँदै आएको ‘हाम्रो डक्टर’ प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई निःशुल्क परामर्श सेवा सुरु गरेको हो ।

यसअघि हाम्रो डक्टरले सःशुल्क रुपमा चिकित्सकीय परामर्श सेवा दिँदै आएको थियो । ‘हाम्रो डक्टर’ को मोबाइल एपको परामर्श खण्डमा गएपछि आउने कोरोना कल्सल्टेसनमा प्रयोगकर्ताले बिना शुल्क चिकित्सकहरुसँग परामर्श लिन सक्ने कम्पनीका सीईओ उद्धवराज भेटुवालले बताए ।

यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी हटलाइन सेवा पनि सुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ‘हाम्रो डक्टर’ले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

Inside Article Ads

कम्पनीका अनुसार ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी चिकित्सकहरुसँग कोरोना संक्रमण सम्बन्धी जानकारी तथा परामर्श लिन सकिने छ । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टरबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिन सकिन्छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.