Fast Nepal News

अक्सिजनको हाहाकार : अस्पतालबाट निकाल्न थालियो बिरामी

संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा

banner single news

डायमण्ड जोशी।

काठमाण्डौ। जोरपाटीस्थित नेपाल मेडिकल कलेजले एक सुचना जारी गर्दै भनेकाे छ, अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्छ त्यसैले विरामिहरूले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न संवन्धित पक्षलाई आग्रह गरेकाे छ । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख गरिएको छ । एक संक्रमितका अाफन्तका अनुसार , यस्ताे सुचना अाएपछि उपचाररत कोरोना संक्रमित र उनका आफन्तमा त्रास उत्पन्न भएको छ ‘राति पनि अक्सिजन चाहिनेजति नदिएको र बिहान त अक्सिजनै सकिने सूचना आए पछि अस्पतालमा हाहाकार नै मच्चिएको
छ ।
अस्पतालका निर्देशक डा. राजेशकिशोर श्रेष्ठका अनुसार,
नेपाल मेडिकल कलेजको अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए । भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित पनि छन् । संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगिएकाे वताउनु भयाे।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.