Fast Nepal News

कैलालीमा जेठ ६ गते सम्म लकडाउन लम्ब्याउने तयारी

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ ।  सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो ।

कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस  गरेको हो ।

लकडाउनको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरि कार्यालयको आन्तरिक ब्यबस्थापन गर्ने, यस विपरित कर्मचारीको आवागमन एवम् सवारी साधनको प्रयोग नगर्न सिफारिस गरेको छ ।

Inside Article Ads

राजश्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तिय संस्थाको सबै सेवा बन्द गरी अत्याबश्यक भुक्तानीको लागी एटिएम तथा विधुतीय प्रणालीबाट सेवा प्रवाहको प्रबन्ध गर्ने ।नेपाल सरकार का कर्मचारी बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालय ले जारी गरेको परिचय पत्रको आधारमा आवत जावत गर्न सक्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।

उनले औषधि उपचार लगायत अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिन थप कडाई गरेको उनले बताए । अत्यावश्यक काम बाहेक अन्य सार्बजनिक एबम् निजी सवारी साधन संचालन गर्न नपाइने लगायतका १५ बुँदे सिफारिस  गरेको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.