Fast Nepal News

दोस्रो लहर फैलिएसँगै एक महिनामा विदेशिए ५२ हजार नेपाली

banner single news

काठमाडौं, वैशाख २५

काठमाडौं,  कोरोना भाइरसको दोस्रो लहर फैलिएको समयमा ५२ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या दोस्रो लहर फैलिएपछि अप्रिल महिनाको हो ।

ती नेपाली युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देशमा श्रम गर्न गएका हुन् । जानेहरुमा ४२ हजार ९०१ जना पुरुष र ८ हजार ८७१ जना महिला विदेशिएका छन्। नेपाली युवाहरु खाडी मुलुक, मलेसिया, कोरिया लगायतका देशमा रोजगारीका लागि जाने गर्छन् ।

रोजगारी बाहेक नेपालीहरु अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकमा बसोबास गर्दै आइरहेका छन् ।

Inside Article Ads

कोरोना महामारीको समयमा पनि युवाहरु वैदेशिक रोजगारीमा जानेको संख्या नघटेको हो । खासगरी, महामारीको समयमा विदेशबाट आउने रेमिट्यान्स पनि घटेको छैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनसार यो वर्षमा अहिलेसम्म ६ खर्बभन्दा बढी रेमिट्या भित्रिएको छ । जुन, अघिल्लो वर्षको यही अवधिमा भित्रिएको रेमिट्यान्सको तुलनामा बढी हो ।

यसैगरी, सोही अवधिमा विदेशबाट ५८ हजार ४४९ जना नेपाली स्वदेश फर्किएका छन् ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.