Fast Nepal News

कोरोनाविरुद्धको ‘सिंगल डोज’ भ्याक्सिन बनाउने रसियाको दाबी

banner single news

काठमाडौं, वैशाख २५

काठमाडौं, कोरोनाविरुद्धको ‘स्पुतानिक भी’ भ्याक्सिन बनाएको रसयाले ‘स्पुतानिक लाइट’ बनाउने बताएको छ। सिंगल डोज लगाए हुने गरी उक्त खोप विकास गर्ने बताएको हो ।

अहिलेसम्म विश्वभर बनेका कोरोनाविरुद्धको खोप दुई पटक (डबल डोज) लगाउनुपर्छ । स्पुतानिक लाइट खोप बनेपछि एक पटक (सिंगल डोज) लागए हुने रसियाले जानकारी दिएको छ ।

Inside Article Ads

रुसले यही वर्ष २०२१ को जनवरीदेखि नै यसको परिक्षण गर्दै आइरहेको थियो । स्पुतानिक लाइटले हर्ड इम्युनिटीको चाँडो विकास गर्ने बताइएको छ ।

यसैगरी, अब बन्ने सिंगल डोजको भ्याक्सिनको प्रभावकारिता ८० प्रतिशतसम्म रहेको बताइएको छ । हालसम्म रसिया, चिन, अमेरिका र बेलायतका कम्पनीले कोरोनाविरुद्धको खोप बनाएका छन् ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.