Fast Nepal News

कोरोनाको दोस्रो लहरविरुद्ध लड्न नेपालमा ४९३ अस्पताल, २० हजार बेड

banner single news

काठमाडौं, वैशाख २५

काठमाडौं, कोरोनाको दोस्रो लहरविरुद्ध लड्नलाई नेपालमा कुल ४९३ वटा अस्पताल रहेको सरकारले बताएको छ । प्रधानमन्त्री कार्यालयलाई गृहमन्त्रालयले बुझाएको तथ्यांकअनुसार ४९३ वटा अस्पताललाई तयारी अवस्थामा रहेका छन् ।

ती अस्पतालका कुल २० हजार ३६१ वटा शैय्या (बेड) कोरोनाका विरामीलाई छट्टयाइएको गृहले बताएको छ । यसैगरी, नेपालमा कुल एक हजार ८१७ वटा आईसीयू छन् ।

Inside Article Ads

जसमध्ये हाल एक हजार १०५ वटा मात्रै प्रयोगमा आएका छन् । कुल ७३६ भेन्टिलेटरमध्य २९३ वटा प्रयोगमा रहेको बताइएको छ । यसैगरी, निजी क्षेत्रले सञ्चालन गरेको २६ प्लान्ट र २ हजार ८६५ एचडीयू पनि तयारी अवस्थामा रहेको गृहले बताएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.