Fast Nepal News

निषेधाज्ञामा अलपत्र परेका विदेशी पर्यटकको उद्धार गर्दै पर्यटन बोर्ड

banner single news

काठमाडौं, वैशाख २३

काठमाडौं, नेपाल सरकारले कोरोना महामारीको समयमा नेपालभर रहेका पर्यटकको उद्धार गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा निषेधाज्ञाको समयमा मुलुकका विभिन्न भागमा रहेका विदेशी पर्यटकसँग समन्वयका लागि सेल गठन गरेको हो ।

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारतबीच साता दुई दिन हुने उडानबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा समेत सहजिकरण गर्ने छ । सोही बमोजिम बोर्डले गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाण्डौं ल्याएको छ ।

Inside Article Ads

लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको छ । बोर्डले महामारीको समयमा पर्यटकहरू अलपत्र नपरुन भनेर आवश्यक समन्वय गरेको जानकारी दिएको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.