Fast Nepal News

निषेधाज्ञाका निर्माणका काम गर्न कठिन, परियोजनाको म्याद थप्नुपर्ने व्यवसायीको माग

banner single news

काठमाडौं, वैशाख २३

काठमाडौं, कोभिड–१९ को दोस्रो लहरको नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा निर्माणका काम गर्न कठिन भएको व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासघंले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापण्दण्ड पालना गरेर काम गर्न असहज भएको बताएको छ ।

संक्रमण बढेपछि यतिेबला राजधानीसहित ५५ जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । जसकारण, निर्माण सामाग्री ढुवानी गर्नै समस्या हुँदा निर्माणका काम गर्न समस्या भएको हो ।

Inside Article Ads

पास नभएकाले प्रहरीले निर्माण सामाग्री बोकेका ढुवानीका साधनलाई ठाँउ ठाँउमा रोक्ने गरेकाले पनि समयमा निर्माण स्थलमा ढुवानीका सामान पुर्याउन समस्या भएको बताइएको छ ।

यसैगरी, निर्माण सामाग्री उत्पादन गर्ने केही उद्योगहरू खुले पनि डिलर र वितरक पसलहरू बन्द भएकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा समस्या भइरहेको छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.