Fast Nepal News

संक्रमण बढेसँगै ‘एयर लिफ्ट’ गर्न हेलिकप्टरको प्रयोग बढ्यो

banner single news

काठमाडौं, वैशाख २२

काठमाडौं,  नेपालमा कोरोना संक्रमिणसँगै यसका गम्भिर विरामी बढ्दै गएपछि ‘एयर लिफ्ट’ बढ्न थालेको छ । कोरोना संक्रमितलाई एक जिल्लामा बेड नपाउँदा ‘एयर लिफ्ट’ गरेर अर्को जिल्लामा लग्न थालिएको हो ।

संक्रमितलाई एयर लिफ्ट गरेर एक जिल्लाबाट अर्को जिल्लामा लाग्दा हेलिकप्टको प्रयोग बढिरहेको सम्बन्धित कम्पनीहरुले बताएका छन् । कोरोना संक्रमितलाई बेड अभाव भइरहँदा मागअनुसारको उडान भर्न नसकेको हेलिकप्टर कम्पनीहरु बताउँछन् ।

काठमाडौंमा बेड नपाउँदा बाहिरी जिल्ला र बाहिरी बेड नपाउँदा उपत्यकामा हेलिकप्टरमार्फत बिरामी ओसाप्रसार गरिन्छ । उपत्यका लगायत अन्य जिल्लाबाट पनि तराईका ठूला अस्पताल भएका स्थानमा हेलिकप्टर उडानको माग छ ।

Inside Article Ads

यसैगरी, बाहिरी जिल्लाबाट काठमाडौंमा ल्याउँन खोजिएका बिरामीलाई बेड नहुँदा मागअनुसारका ‘एयर लिफ्ट’ भइरहेको छैन । खासगरी, दाङ, नेपालगञ्ज, विरगञ्ज, भैरहवा, धनगढीलगायतका जिल्लाबाट बढी उडान माग आइरहेको छ ।

बिरामीका लागि बेड सुनिश्चित भएपछि मात्रै हेलिकप्टरले उडान भर्ने गर्छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.