Fast Nepal News

नेपालका १७ जिल्लमा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित

banner single news

काठमाडौं, वैशाख २१

काठमाडौं, अघिल्लो पटक सहजै नियन्त्रणमा आएको कोरोना भाइरसको महामारी यसपटक भने तीव्र गतिमा फैलिएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले नेपालमा संक्रमणको संख्या र मृत्यू संख्या पनि बढाएको छ ।

अघिल्लो पटकको संक्रमणमा नेपालमा दैनिक ४ जनासम्म मात्रै मृत्यू भएको थियो । तर, अहिलेको संक्रमणले हिजो सोमबार अहिलेसम्मकै सबैभन्दा उच्च ३७ जनाको मृत्यू भएको छ ।

संक्रमण समुदायस्तरमा फैलिएसँगै नेपालका १७ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित पाइएका छन् । काठमाडौंसहित, ललितपुर, भक्तपुर, ललितपुर, बाँके, रुपन्देही, दाङ, मोरङ, कास्की, कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

Inside Article Ads

यसैगरी, कैलाली, चितनव, पर्सा, सुर्खेत, धनुषा, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर र बर्दियामा समेत ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

यीमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १८ हजार ६२१ जना, रुपन्देहीमा ४ हजार २२१ र ललितपुरमा ३ हजार ६८५ तथा भक्तपुरमा १ हजार ८९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.