
प्रकाश कपाली।
विश्वभरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। कोरोनाको संक्रमण तीव्ररुपमा फैलिरहँदा विश्वभर कोरोना भाइरस बाट संक्रमित संख्या १५ करोड ११ लाख नाघिसकेको छ। विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलदा र विश्वका सबै राष्ट्रहरू कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा लागि आफ्ना देशका नागरिकलाई स्वास्थ्य सचेतना अपनाउन आग्रह गरिरहेका छन्।
नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने नेपालमा पनि कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको अबस्था छ । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको हुँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाउन सम्पूर्ण देशका नागरिकलाई आग्रह गरेको छ। 


काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की,दाङ, बाँके ,रुपन्देही ,पाल्पा, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर, बदिया जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्न नसक्नेगरी कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको र स्थिति भयावह भएको कारणले संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने स्वास्थ्य मन्त्रालयले बताएको छ। उपचारका लागि आवश्यक सैयाहरु पनि उपलब्ध गराउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा तयार गर्न आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमण र जोखिम तीव्ररुपमा बढ्दै गएकाले बिरामीलाई उपचारमा सहज सुविधा दिनुपर्ने र सरकारले मात्र कोरोना भाइरस नियन्त्रणका लागि गरिएको प्रयासमा निजी अस्पतालहरुले पनि सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ। प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकारको भूमिका रहेको र यसमा सरकारले लापरबाही गरिरहेको बताएको छ। कोरोना भाइरसको नियन्त्रण गर्ने नागरिकहरू को स्वास्थ्य अधिकारको रक्षा गर्न नेपाली कांग्रेसले सरकारलाई ११ बुँदे सुझाव दिदै नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्नमा सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । यसैगरी कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको जिल्लाहरूमा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा लागु गरेका जिल्लाहरुमा अझ कडाई गर्ने र एकचौथाइ कर्मचारी राखेर मात्र कार्यालय संचालन गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहदा पनि स्वास्थ्य सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरिरहँदा धेरैजसो व्यक्तिहरूले नै स्वास्थ्य सचेतना नअपनाई लापरवाही गतिविधि गरिरहेको र यसोगर्दा कोरोना भाइरसको संक्रमण तीव्र रूपले फैलिरहेकोले स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले सबै नागरिक यसप्रति संवेदनशील हुनुपर्ने यस महामारीमा सबै नागरिक सचेत भई स्वास्थ्य कस्तो मापदण्ड पालना गर्नुपर्ने र सम्वेदनशील हुनुपर्ने पनि बताउनुभयो। कोरोना भाइरसको महामारीको अवस्थालाई मध्यनजर गर्दै सबैले स्वास्थ मापदण्ड अपनाई आफू आफ्नो परिवार ,समुदाय र राष्ट्रमा कोरोना भाइरसको महामारी बाट आफु पनि बच्न्नुपर्छ र आफ्नो समुदाय राष्ट्रलाई पनि बचाउनुपर्छ भन्ने विषयतर्फ सबैलेध्यान दिनु अति नै आवश्यक छ।
