Fast Nepal News

उपत्यकामा आजदेखि निषेधाज्ञा, विहानैदेखि सुनसान

banner single news

काठमडौं, वैशाख १६

काठमडौं, काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन सुरु गरेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको जारी गरेका हुन् ।

निषेधाज्ञामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा औषधी पसल र खाद्यान्न पसलबाहेक अन्य कुनै पनि कारोबार सञ्चालन गर्न पाइने छैन । जसकारण, आज विहानैदेखि उपत्यका सुनसान बनेको छ ।

Inside Article Ads

आजदेखि निषेधाज्ञा हुने तय भएपछि उपत्यकामा बसोबास गर्दै आएको सर्वसाधारणले मंगलबार र बुधबार नै उपत्यका छाडेका थिए । यसैगरी, आज विहानैदेखि सार्वजनिक सवारी साधन पनि चलेका छैनन् ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.