Fast Nepal News

सार्वजनिक यातायातमा मास्क अनिवार्य

banner single news

दार्चुला – बैशाख १२

दार्चुला, कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा गत बुधबार भएको बैठकले सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने, भौतिक दूरी व्यवस्थित गर्ने र क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

उनका अनुसार बैठकमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई तत्काल कारवाही गर्ने निर्णय गरिएको उनले बताए ।

Inside Article Ads

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सो को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । बैठकमा दार्चुला प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरको सहभागिता रहेको थियो ।

रासस

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.