Fast Nepal News

कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

banner single news

दाङ – बैशाख ९

दाङ, कोरोना भाइरस संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार दामोदर अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गरेका थिए। चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

Inside Article Ads

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए। परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् । रासस

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.