Fast Nepal News

कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

banner single news

नेपालगञ्ज – बैशाख ९

नेपालगञ्ज, समुदाय स्तरमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण झन् भयाबह बन्दै गएको छ। कोरोना संक्रमित दिनहुँ बढ्दै जाँदा यहाँका अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित र आशंकित ब्यक्तिको धेरै संख्यामा उपचार गरिरहेको भेरी अस्पतालसँग रहेको कुल १ सय ४२ क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ।

अस्पतालसँग कुल १ सय ४२ कोभिड बेडमध्ये ९५ बेडको जनरल, ४० बेड आईसियु र भेन्टिलेटरसहितको ७ वटा बेड रहेको छ। कोभिड वार्डको कुल १ सय ४२ बेड मध्ये करिव ४० जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको र आईसियु तथा भेन्टिलेटरमा गम्भिर अवस्थाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए।

‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन,’ थापाले नागरिकसँग भने ‘सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो।’ अस्पतालकै स्वास्थ्यकर्मी संक्रमित भएपछि पनि उनीहरुको उपचार गर्ने बेड खाली नभएको उनले सुनाए।

Inside Article Ads

कोरोना संक्रमित र आशंकितको उपचार गर्नका लागि कोभिड वार्डमा स्वास्थ्यकर्मीको निकै अभाव भएको उनले सुनाए। यसअघि नियुक्त गरिएका केही करार सेवाका कर्मचारीबाट काम चलाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ। मेसु थापाले भने, ‘अहिले आईसियुमा एक जना स्वास्थ्यकर्मीले ५ जनालाई हेर्नुपर्ने स्थिती छ, जनरल वार्डमा त झन् एक जनाले १५ देखी २० जनालाई हेरिरहेको स्थिती छ, खासमा एक जना स्वास्थ्यकर्मीले बढीमा दुई जनासम्म मात्र हेर्नुपर्ने हो।’ संक्रमितको संख्याभन्दा स्वास्थ्यकर्मीको संख्या कम हुँदा समस्या भइरहेको उनको भनाई छ।

पछिल्लो २४ घण्टाभित्र बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणबाट २ सय ८९ जना नयाँ संक्रमित फेला परेका छन्। कुल ३ सय ५३ जनाको पिसिआर जाँच गर्दा १ सय ६६ जना पुरुष र १ सय २३ जना महिलामा कोरोना पोजेटिभ भएको हो । यि मध्ये बाँके जिल्लाका मात्रै २ सय १९ जना नयाँ संक्रमित रहेका छन्। नागरिक दैनिकबाट

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.