
प्रकाश कपाली। कोरोना संक्रमणको दोस्रो लहर नेपालमा सुरु भएसँगै नेपाल कोरोना संक्रमणको जोखिममा रहेको छ। कोरोना संक्रमणको जोखिम रहँदारहँदै पनि नागरिकहरूले स्वास्थ्य मापदण्ड पालन नगरेको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेका छन्। । कोरोना संक्रमण तीव्र रूपमा फैलिरहदा आम सर्वसाधारणले त स्वास्थको ख्याल नगरी बेवास्ता गर्दै गर्दा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिने जनस्वास्थ्यविद् अनुप बास्तोलाले व्यक्ति परिवार समुदायको स्वास्थ्य अवस्था लाई मध्यनजर गदै सर्तकता अपनाउन सबैलाई आग्रह गर्नुभयो। बास्तोलाले समुदायका संक्रमितहरूको पहिचान हुन नसक्दा कोरोना संक्रमण तीव्र रूपले फैलने पनि बताउनुभयो। कोरोना महामारी फैलिरहेको र दैनिक रुपमा ६०० देखि १००० व्यक्तिहरू संक्रमित भएको र दैनिक रुपमा ५ जना व्यक्ति को निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि मानवअधिकार आयोगले १० प्रतिशत बालबालिका कोरोनाबाट प्रभावित हुने भएकाले सो विषयलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थको हक हितको रक्षा गर्न विद्यालय बन्द गर्नुपर्ने सिफारिस सरकारलाई गरेको छ। निजी विद्यालयहरूको तुलनामा सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरूको सङ्ख्या अत्याधिक भएकाले सामाजिक दुरी कायम नगर्दा कोरोनाको सन्त्रास बढ्ने पनि बताइएको छ।३०० बालबालिका कोरोना संक्रमित भएपछि मानवअधिकार आयोगले सरकारलाई विद्यालय बन्द गर्न आग्रह गरेको छ। संविधानको धारा ४९ मा बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था भएकाले बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न र अनलाईन कक्षाबाट पठनपाठन कार्य सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकहरूले स्वास्थ्य सचेतना अपनाउन अत्यावश्यक छ।
