Fast Nepal News

एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।

banner single news

५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

Inside Article Ads

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.