Fast Nepal News

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

banner single news

काठमाडौं – चैत २९

काठमाडौं, देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै सचेत र सजग रहन सुझाव दिइएको हो । तीमध्ये सिकिस्त संख्या बढ्दो छ । आईसीयूमा भर्ना हुने संक्रमितसमेत बढ्दै गएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले कोभिड संक्रमण जोखिम बढेको भन्दै हेलचेक्र्याई नगर्न जोड दिए । ‘भीडभाड नगरौं, भौतिक दूरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरौं,’ उनले भने ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले जोखिम बढेकाले सरकारले सीमानाकामा ‘फलामे’ कडाइ तथा हरेक आगन्तुकको परीक्षण गर्नुपर्ने माग गरे । कन्ट्रयाक्ट ट्रेसिङ छरितो, प्रभावकारी र संक्रमित स्थान पत्ता लगाएर आवागमन नियमन गर्न सरकार लाग्नुपर्ने उनको जोड छ ।

डा पाण्डेका अनुसार हरेक जिल्लामा अक्सिजन बेड, गुणस्तरीय उपचार तथा सघन उपचार व्यवस्था गर्न अति आवश्यक भइसकेको छ । जनस्वास्थ्य मापदण्ड अनुगमन, निगरानी तथा पालना गर्ने÷गराउनुपर्ने र त्यसमा लापरबाही गर्नेलाई जरिमानाको व्यवस्था गर्नसमेत उनले सुझाए ।

Inside Article Ads

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रवक्ता डा। अनुप बाँस्तोलाका अनुसार आईसीयूमा भर्ना हुने बिरामी संख्या प्रतिदिन बढ्दो छ । सिकिस्त बिरामीको चाप यही गतिमा बढ्दै गए केही साताभित्रै मृत्युदरसमेत बढ्ने आँकलन गर्न सकिने उनले औंल्याए ।

पछिल्ला दिन प्रयोगशालामा गरिएका परीक्षणमा एसजीन नेगेटिभ संख्या बढी देखिएको भन्दै डा बास्तोलाले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको आधार दिने उल्लेख गरे । नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दो रहेकाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसमक्ष तीन साता अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ ।त्यस्तै, बढी भीडभाड र जोखिम बढ्नसक्ने स्थान, सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब स्विमिङ पुललगायत क्षेत्रमा जनस्वास्थ्य मापदण्ड अति कडाइसाथ पालना गरेर मात्रै सञ्चालन गर्ने अन्यथा बन्द गर्न÷गराउन सिफारिस गरिएको छ । राजधानी दैनिकबाट

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.