Fast Nepal News

जापानबाट आइपुग्यो अनुदानको थप खोप

banner single news

काठमाडौँ — ७ भाद्र २०७८

काठमाडौँ, जापानबाट अनुदानको थप खोप आइपुगेको छ । कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार जापान सरकारले २ लाख ८  हजार ७ सय डोज पठाएको थियो ।  जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी पठाइएको हो ।नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सयभन्दा धेरैले खोप लगाइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखजतिले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।हालसम्म कुल खोप लगाउने नेपालीको संख्या ८५ लाख २० हजारभन्दा बढी छ। तिनमा दुवै डोज लगाउने ३७ लाख ८ हजार ६ सयभन्दा बढी छन् । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.