Fast Nepal News

नयाँ बिरामीलाई छैन भर्ना

banner single news

झापा — १ भाद्र २०७८

झापा , संक्रमण बढेसँगै झापाका अस्पतालहरूमा बेड अभाव भएको छ । सरकारी र निजी दुवै अस्पतालमा संक्रमितको चाप बढेसँगै शय्या अभाव भएको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्र पूरै भरिएको छ ।‘अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन्,’ अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, ‘अक्सिजन चाहिने नयाँ बिरामीलाई भर्ना गर्नै छाडिएको छ ।’अस्पतालका पाँचवटा आईसीयू कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकोमा सबै शय्या भरिएको छ । बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि बेड अभाव सुरु भएको छ ।

जिल्लाकै ठूलो यो अस्पतालमा हाल ८० बढी बिरामीको आईसीयूमा उपचार भइरहेको छ ।अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले भने, ‘कोभिडका लागि अस्पतालले छुट्याएको ३२ शय्याको आईसीयू सबै बिरामीले भरिएको छ ।’ अस्पतालमा दैनिक दुई सय सिलिन्डर अक्सिजन खपत भइरहेको गिरीले जनाए । दैनिक ५० सिलिन्डर अक्सिजन अस्पताल आफैंले उत्पादन गरिरहेको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा पनि कोभिडका लागिछुट्याइएको सबै आइसोलेसन वार्ड, आईसीयू र भेन्टिलेटर बिरामीले भरिएको जनाइएको छ । अस्पताल प्रशासनका अनुसार कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेसन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आईसीयू व्यवस्था गरिएको छ । दमकको कोभिड अस्पताल पनि संक्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा ३० शय्या छन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.