Fast Nepal News

बिहीबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना

banner single news

काठमाडौँ – २२ श्रावण  २०७८

काठमाडौँ,  काठमाडौं उपत्यकामा १ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर भने बिहीबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना देखिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । बुधबार ४ हजार १०७ जनामा देखिएको थियो ।यस्तै संक्रमणबाट निको हुनेको संख्या विगत २४ घण्टामा २ हजार १२ जना छ । अहिलेसम्म यो संक्रमणबाट निको हुने ६ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।यस्तै विगत २४ घण्टामा ३७ जनाको यही संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म ९ हजार ९९४ जना निको भएको मन्त्रालयको तथ्यांक छ ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.