
काठमाडौँ – २ १ श्रावण २०७८
काठमाडौँ, उपत्यकामा गएको २४ घण्टामा १ हजार २७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौंमा ९०८ जना संक्रमित भएका छन् ।बुधबार देशभरमा भने ४ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालयले आयोजना पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण भएको पुष्टि गरे ।
उनका अनुसार परीक्षण गरिएकामध्ये २६।२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।पीसीआर परीक्षणमा २ हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।यस्तै बुधबार एक हजार ५३५ संक्रमणमुक्त भएका छन् ।
