Fast Nepal News

नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनबारे अध्ययन भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

banner single news

काठमाडौँ — १८ श्रावण  २०७८

काठमाडौँ, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन् ।सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको जानकारी दिएका हुन् ।उनले खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको पनि जनाए ।

त्यस्तै मन्त्री श्रेष्ठले फाइजर–बायोएनटेकको ६० लाख डोज खोप खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग प्रक्रिया थालनी गरिएको बताए ।विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पदमा रहँदा कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.