Fast Nepal News

फ्रन्टलाइनरलाई बारबरा फाउन्डेसनको सम्मान

banner single news

काठमाडौँ — १६ श्रावण  २०७८

काठमाडौँ,  कोभिड–१९ महामारीमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई यस वर्षको बारबरा फाउन्डेसन सम्मान र पुरस्कार प्रदान गरिने भएको छ ।फाउन्डेसनले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कोभिड महामारीविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गरेका भरतपुर, पाटन, नेपाल प्रहरी र नेपाल एपीएफ अस्पताल, नेपाल एम्बुलेन्स सेवा, हामी नेपाल र नेपाली सेना मृत शरीर व्यवस्थापन समूहलाई संस्थागततर्फ विशिष्ट सम्मान प्रदान गरिने भएको छ ।

Inside Article Ads
चिकित्सक विधातर्फ २० जना चिकित्सक २ लाख ५० हजार र २ लाख रुपैयाँको पुरस्कार प्रदान गरिनेछ । नर्सिङ विधामा २७ नर्सलाई १ लाख २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिँदै छ । मेडिकल सपोर्टतर्फ ल्याब र प्यारा–मेडिकल क्षेत्रमा योगदान गर्ने ९ जनालाई जनही १ लाख नगदका दरले पुरस्कृत गरिनेछ । स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई पुरस्कार दिइने विज्ञप्तिमा उल्लेख छ । यो पुरस्कारको राशि १ लाख छ ।उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ । तीमध्ये ३ जनालाई जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइने र अन्यलाई सम्मान गरिने फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले बताए । 
(कान्तिपुर दैनिक)
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.