
प्रकाश कपाली। राप्ती नगरपालिका वडा नम्बर ३ मा बस्ने सुजीता भण्डारीको अपहरणपछि रहस्यमय तरिकाले हत्या गरिएको छ। गत असार ११ गतेदेखि हराइरहेको सुजीताको शव सामुदायिक वनमा असार २० गते फेला परेको प्रहरीले जनाएको छ। भण्डारीको देब्रे खुट्टा र देब्रे हातमा ब्लेडले चिरिएको र घाटीमा माटो अड्किएको पाइएपछि यातना दिएर हत्या गरेको प्रहरीले शंका गरेका छन्। यही गएको मंगलबार परिवारकै सहमतिमा मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँ लगिएको चितवनका जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीले बताएका छन्।पोष्टमार्टमका लागि पठाइएको शबको रिपोर्ट प्राप्त भएपछि भण्डारी मृत्यु प्रकरण निष्कर्षमा पुग्ने प्रहरीले बताएका छन्।
