Fast Nepal News

हत्यामा संलग्न भएको आरोपमा बाबु छोरा पक्राउ

banner single news

डायमण्ड जोशी
वैशाख १८,जाजरकोट

छेडागाड नगरपालिका–११ मा एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबु छोरा पक्राउ परेका छन् । हत्या आरोपमा छेडागाड–९, राजीकोटका सुकिलाल वादी र उनका छोरा ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

छेडागाड–११, भैंसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलंगे पुलमाथि गत आइतबार छेडागाड–१०, खलटाकुराका ४६ वर्षीय धनवीरे पुन मगरको लास फेला परेको थियो ।

Inside Article Ads

गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा बादीका दुवै बाबु छोरालाई पुनको हत्यामा संलग्नता रहेको तथ्यसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए । अदालतबाट सात दिनको म्याद लिएर पुन मगरको हत्या सम्बन्धमा सुकिलाल र ज्ञानुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रारम्भिक अनुसन्धानको बयानमा दुवै जनाले पुन मगरको हत्या अपराध स्वीकार गरेको उनको भनाइ छ । हत्या कारण खुल्न नसकेको उनले बताए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.