Fast Nepal News

लागुऔषधसहित एक युवक पक्राउ

banner single news

 

सुमित्रा भुजेल

माघ २९,बेसीशहर ।लमजुङमा लागु औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका वडा नं. ९ का २३ वर्षीय सुभास गुरुङलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लागुऔषध लुकाई छुपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी घरमै पुगेर खोजतलासी गर्दा लागु औषध भेटिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकास पुनले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका युवकलाई आज जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरेर लागू औषध(नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ । पक्राउ परेका युवकको घरमा लुकाई राखेको १३० ग्राम गाँजा, ट्रिपलिन ट्यावलेट १०० वटा, ट्रामा ट्यावलेट २०, गाँजा भरेको चुरोटको एक खिली बरामद गर्नुका साथै २८ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

Inside Article Ads

त्यस्तै, आईतबार मात्र लागुऔषध सहित एक युवक पक्राउ परेको थियो ।  प्रहरीले सिन्धुपाल्चोक कुन्चोक वडा नं.  ९ घर भई हाल सुन्दरबजार नगरपालिका वडा नं. ९  नै बस्ने ३४ वर्षीय मीनबहादुर बानियाँलाई  पक्राउ गरेको थियो । प्रहरीले बानियाँको साथबाट प्रहरीले फेनारागन एम्पुल ११ थान, नोफिन ११ थान, सेरेज्याक ११ थान  बरामद गरेको छ । पक्राउ परेका बानियाँलाई जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद थप गरी  सोही नियम अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस आवमा हालसम्म चार जना लागुऔषध सहित पक्राउ परेको छ । पक्राउ परेकामध्ये एक जना पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने, एक जना पुरुष धरौटीमा छुटीसकेको प्रहरी निरीक्षक पुनको भनाई छ । जिल्ला प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.